Posts

Showing posts from April, 2022

यात्रा पछि फर्केर हेर्दा

Image
  यात्रा पछि फर्केर हेर्दा म स्कूलमा औसत भन्दा अल्लि माथिको विद्यार्थी थिएँ।  भयंकर पढेर पुरस्कार थाप्दा थाप्दा विद्यालयमा सबैले चिन्ने पनि होइन, र नपढ्ने, होमवर्क नगरी सजाय भुक्तान गर्नाकालागि कक्षा बाहिर उभिँदा फलानो भनेर सारा स्कूलले चिन्ने पनि होइन। म चुपचाप बस्ने, उस्तै परे आफ्नै व्याचका अर्को सेक्सनका साथिहरुले पनि नचिन्ने मार्काको विद्यार्थी थिएँ।  मेरो भोगाइमा स्कूलमा एकथरी विद्यार्थी हुन्छन्, केही अपवादबाहेक  उनीहरू लामो समय देखि सोही विद्यालयमा पढिरहेका हुन्छन्, कारण किन हो खै ठ्याक्कै थाहा छैन तर हाजिरी जवाफ देखि, हाइजम्प सम्म, स्कूलको र्यालिदेखी कवि गोष्ठी हुँदै विद्यालयको नयाँ भर्नाको ब्रोसर सम्म उनीहरू कै हालीमुहाली हुन्छ,र अर्को केही थरी कुख्यात भएर अफिस कोठा हाजिर हुँदा हुँदा पूरा स्कूलले चिनेको, म दुवै थरीको थिइनँ। परीक्षामा ठिकै, राम्रै नम्बरले पास हुने, कसैको तथास्तु नचाहिने, सजाय बाट बच्न गृहकार्यहरु गर्ने, बाँकी समयमा आफ्नै संसारमा रमाउने खालको। तपाईँहरुलाई लाग्ला म जस्तो औसत विधार्थीको आफ्नै संसार भन्नाले कस्तो होला? पख्नुस् है यसको लागि म थोरै ...