||आत्मलाप||
||आत्मलाप|| काट्दैछु समय यो , या काट्दैछ समय मलाई फुस्किदैछन दिन,हप्ता महिना अनि सालहरु जसरी फुस्किन्छ मुठ्ठीमा दर्हो गरी समाएको बालुवा लाग्दछ, म त एक नदीमाथी पुलमा उभिएको मनुवा, बगेको पानी हेर्दै सोच्छु, यो पानी त अब कहिल्यै फर्की आउनेछैन जसरी मेरा बितेका दिनहरु कहिल्यै मलाई सम्झी भेट्न आउने छैनन जीन्दगीको यात्रा, हेर्दा सबैको उस्तै लागेपनी उहीँ छैन कथाहरु उस्तै सुनिएपनि,बेथाहरु उहीँ छैनन सबैको जीवनमा आआफ्नै सगरमाथा, सबैभित्र आआफ्नै एक एक थान बुद्ध अनि एक एक थान हिटलरहरु धेरैको झै, मेरो अन्तरात्मामा हरेक दिन विश्वयुद्ध हुन्छ, कहिले भावना र तर्कहरु बिच त कहिले मस्तिष्कका दायाँ र बायाँ अर्धगोलार्ध बिच सुन्छु मान्छेहरु नयाँ ठाउँमा बाटो था नपाएर हराएको, तर म त धेरै समय र धेरै चोटि आफुभित्र हराउँछु! अनि टुपुल्किन्छ एउटा साथी, भन्छ, ओए क्या कर रहा हे साले अकेले अकेले बेठकर? म भन्छु-ऐसा ही कुछ नही..सिर्फ टाइम पास कर रहा हुँ! मेरो अन्तरआत्मा असंख्य प्रश्नहरु बिच एउटा प्रश्न उफ्रिन्छ, ए, मनुवा त टाइम पास गर्दै छ या टाइम तँ लाइ पास गर्दैछ? अनी म भित्रै कतै नेपथ्यमा सुनिन्छ, त पो यहाँ छस आज,ह...