Posts

Showing posts from November, 2018

डोल्पा यात्रा संस्मरण

मेरो स्थाई घर रुकुम जिल्लाको गोतामकोट , घरैको पछाडी भेरी नदी बग्दछ भने अघिल्तिर डोल्ला जाने बाटो छ। दश मिटर अघिल्तिरको बाटोमा हिड्ने आधा भन्दा ज्यादा मानिस कि त डोल्पा गैरहेका हुन्छन भने कि त डोल्पा बाट फर्किरहेका हुन्छन। मेरा साथी परिवार छिमेकी असि प्रतिशत डोल्पा पुगेकै हुन्थे। सबैलाई आकर्षण गर्ने डोल्पाको कारण थोरैलाइ अरु केहि भए पनि धेरैलाई डोल्पामा पाइने जडिबुटी यार्चा गुम्बा  थियो , हरेक वर्ष वैशाख जेठको महिना विद्यालय बन्द गरेर विद्यार्थी शिक्षक कीरा( यार्चा गुम्बा लाइ स्थानीयहरू किरा भन्ने गर्दछन ) खोज्न जाने चलन अहिले सम्म पनि व्याप्त छ। सम्झिन्छु , म विद्यालय पढ्दा नयाँ बर्षको कक्षा सुरु हुन नपाउदै मेरा साथीहरु र दाइ दिदीहरु आफ़ु जत्रै वा आफु भन्दा ठुला बोराका झोला बोकेर लत्को लागेको।मेरो कक्षाका सबै डोल्पा जान्थे , म भने उनीहरुका फर्कीसकेपछिका कथाहरु सुनेर चित्त बुझाउँथे। बच्चैमा  मलाई पनि डोल्पा जाने रहर नलाग्ने कुरा थिएन तर आँट भने जम्मा भैसकेको थिएन , हिउपहिरोका त्रासका कुराहरु , दिन भर भारी बोकेर हिड्नु पर्ने कुराहरु मेरो बाल मस्तिष्कलाइ तर्साउन काफी थिए। समय ...