आफ्नै भार थाम्न नसकेर पल्ल्टिएको बुढो रुख झै
सपना र महत्वाकांक्षाहरुको भारीले निसास्सिएको छु म
गुँड बिर्सेको चरी झै,बाटो भुलेको यात्री झै
अल्मलिएको छु म,अत्ताल्लिएको छु म
पर हेर्छु क्षितिज र धर्ती मिसिएको देख्छु,
आकाशमा बादल होइन सपनाका मेरा महलहरु देख्छु
कल्पनामै उडान भर्न थाल्छु
अनि कल्पनामै ठेस लागेपछी मात्र यथार्थका निर्मम गहिराइ,
अनि बिपनाको नीयतीसंग झस्किन पुग्छु,
मेरो मन अमिलो हुन्छ नपाकेको ज्यामिरझै
आँखाको ज्योती धमिलो हुन्छ,बर्खाको खोलाझै
धिक्कार लाग्छ आफै सँङ्ग
जिस्काउन मन लाग्छ आफैलाइ
सपनाका गगनचुम्बी महलहरुलाई
आकाश भन्दा चौडा आफ्ना आकांक्षाहरुलाई,
के होस भयो र मलाई,
यात्रा यति कठिन होला भनी
कस्ले सिकायो र मलाई,
योजना सङ्ग जीवन चल्दैन भनी
कस्ले बतायो र मलाई,
दिलको आगोले चुलो बल्दैन भनी
सम्झन्छु ती दिनहरु,
जब संसारै परिवर्तन गर्ने सपना देख्ने गर्थे
बिचरा म,बल्ल बुझदै छु जीवन,जगत र आफुलाई
कति लाचार,कति कमजोर रहेछु म
आफैलाइ बुझ्न त कति कठिन रैछ
परिवर्तन त धेरै परको कुरा भयो,
अनि फेरी उठ्न खोज्छु सक्दिन
थिचिएको छु आकांक्षाहरुको भारीले
निँदाउन खोज्छु सक्दिन
तर्साउछ आफ्नै सपनाहरुको भुतले
सम्झन्छु ईश्वर अनि आमालाई
दुख परेको बेला न सम्झिने हो सबैले
म अपवाद रहन सकिन,
थाहा छैन ईश्वर किन मेरा पुकारा सुनिरहेका छैनन
किन मेरी आमाले मेरो आवाज चिनिरहेकी छैनिन
लाग्छ,सबै मेरो दुर्दशामा हाँसिरहेका छन
मेरो आँशुले आफ्नो जीवनरुपी माला गाँसिरहेका छन
म कराउछु जोड जोड्ले,
म लडेको हु,मरेको होइन
ओइलाएको हु झरेको होइन
तर मेरा निस्ठुरी मित्रहरू,
मदनलाइ भोटमा झै मलाई एक्लै छाडेर टाढा गइसकेको म देख्छु,
आशाको त्यान्द्रो अझै टुटेको छैन
सास लिने नली अझै फुटेको छैन
जीवन प्रतिको मोह अझै छुटेको छैन
म प्रतीक्षामा छु,मुनामदन को जस्तै दयालु भोटेको।
3 Comments
Sahi xa badda
ReplyDeleteSahi xa badda
ReplyDeleteDada:tapai euta civil person or poet vayera "bichara ma" topic ma poem ko bhab sabai lai applicable hunthyo hola:::::::
ReplyDeletebt;
u r d winner;;;;
u r the history creator;;;
u r the pride of ur relatives nd all junior as well;;;;;
u r the resource of inspiration;;;;