एक पटकको कुरा हो। कुनै चित्रकारले एउटा चित्र बनायो।उसले यो चित्र गुरुलाई देखाउनु को साटो चोकमा लगेर टासिदियो।उसले चित्र को तल लेखिदियो -"चित्रमा तपाईले जे कमि भेट्टाउनु हुन्छ कृपया त्यसमा चिन्ह लगाउनुहोस।" साँझ को समयमा चित्रकार चित्र फिर्ता ल्याउन गयो। चित्रमा त ठाउँ ठाउँमा चिन्ह लागेका थिए। यो देखेर ऊ निकै दुखी भयो।उ निराश भएर आफ्नो गुरु कहाँ गयो।गुरुले उसको समस्या सुनेर उसको कानमा बिस्तारै केहि भने त्यसपछि ऊ तुरुन्तै त्यहि चोकमा फर्केर गयो। शिष्यले गुरुको आज्ञा अनुसार केहि कागज,ब्रस,रबड आदि सामान चित्र को छेउमा राखिदीयो अनि एउटा सूचना लेख्यो। "कृपया चित्रमा जुन खराब छ त्यसलाई सच्याईदिनुहोस।"अर्कोदिन जब चित्रकार फेरी आफ्नो चित्र ल्याउनगयो। यसपटक उसले देख्यो कि कसैले पनि चित्रलाई चलाएको थिएन। मान्छेहरु सूचना पद्थे अनि सरासर अगाडी बढ्थे। यो संसारमा गल्ति औल्याउन एकदम सजिलो छ।तर ती गल्तीहरुलाई सच्चाउन कोहि तयार छैन। सबै व्यक्ति आलोचक बन्न चाहन्छन तर सुधारक बन्न कोहि तयार छैन। त्यसैले साथीहरु आलोचक हैन स...
Posts
Showing posts from April, 2013