Posts

यात्रा पछि फर्केर हेर्दा

Image
  यात्रा पछि फर्केर हेर्दा म स्कूलमा औसत भन्दा अल्लि माथिको विद्यार्थी थिएँ।  भयंकर पढेर पुरस्कार थाप्दा थाप्दा विद्यालयमा सबैले चिन्ने पनि होइन, र नपढ्ने, होमवर्क नगरी सजाय भुक्तान गर्नाकालागि कक्षा बाहिर उभिँदा फलानो भनेर सारा स्कूलले चिन्ने पनि होइन। म चुपचाप बस्ने, उस्तै परे आफ्नै व्याचका अर्को सेक्सनका साथिहरुले पनि नचिन्ने मार्काको विद्यार्थी थिएँ।  मेरो भोगाइमा स्कूलमा एकथरी विद्यार्थी हुन्छन्, केही अपवादबाहेक  उनीहरू लामो समय देखि सोही विद्यालयमा पढिरहेका हुन्छन्, कारण किन हो खै ठ्याक्कै थाहा छैन तर हाजिरी जवाफ देखि, हाइजम्प सम्म, स्कूलको र्यालिदेखी कवि गोष्ठी हुँदै विद्यालयको नयाँ भर्नाको ब्रोसर सम्म उनीहरू कै हालीमुहाली हुन्छ,र अर्को केही थरी कुख्यात भएर अफिस कोठा हाजिर हुँदा हुँदा पूरा स्कूलले चिनेको, म दुवै थरीको थिइनँ। परीक्षामा ठिकै, राम्रै नम्बरले पास हुने, कसैको तथास्तु नचाहिने, सजाय बाट बच्न गृहकार्यहरु गर्ने, बाँकी समयमा आफ्नै संसारमा रमाउने खालको। तपाईँहरुलाई लाग्ला म जस्तो औसत विधार्थीको आफ्नै संसार भन्नाले कस्तो होला? पख्नुस् है यसको लागि म थोरै ...

||आत्मलाप||

Image
||आत्मलाप|| काट्दैछु समय यो , या काट्दैछ समय मलाई फुस्किदैछन दिन,हप्ता महिना अनि सालहरु जसरी फुस्किन्छ मुठ्ठीमा दर्‍हो गरी समाएको बालुवा लाग्दछ, म त एक नदीमाथी पुलमा उभिएको मनुवा, बगेको पानी हेर्दै सोच्छु, यो पानी त अब कहिल्यै फर्की आउनेछैन जसरी मेरा बितेका दिनहरु कहिल्यै मलाई सम्झी भेट्न आउने छैनन जीन्दगीको यात्रा, हेर्दा सबैको उस्तै लागेपनी उहीँ छैन कथाहरु उस्तै सुनिएपनि,बेथाहरु उहीँ छैनन सबैको जीवनमा आआफ्नै सगरमाथा, सबैभित्र आआफ्नै एक एक थान बुद्ध अनि एक एक थान हिटलरहरु धेरैको झै, मेरो अन्तरात्मामा हरेक दिन विश्वयुद्ध हुन्छ, कहिले भावना र तर्कहरु बिच त कहिले मस्तिष्कका दायाँ र बायाँ अर्धगोलार्ध बिच सुन्छु मान्छेहरु नयाँ ठाउँमा बाटो था नपाएर हराएको, तर म त धेरै समय र धेरै चोटि आफुभित्र हराउँछु! अनि टुपुल्किन्छ एउटा साथी, भन्छ, ओए क्या कर रहा हे साले अकेले अकेले बेठकर? म भन्छु-ऐसा ही कुछ नही..सिर्फ टाइम पास कर रहा हुँ! मेरो अन्तरआत्मा असंख्य प्रश्नहरु बिच एउटा प्रश्न उफ्रिन्छ, ए, मनुवा त टाइम पास गर्दै छ या टाइम तँ लाइ पास गर्दैछ? अनी म भित्रै कतै नेपथ्यमा सुनिन्छ, त पो यहाँ छस आज,ह...

||शब्दचित्र||

Image
||शब्दचित्र|| देउरालीमा, दुई थुङगा वनफुल चढाई लेखेथेँ सेतो हिउँलाई कागज बनाइ लठ्ठीको टुप्पाको कलम समाई पत्र तिमीलाई, थाहा थियो, तिमिले कहिल्यै पढ्न पाउनेछैनौ बिलाइजानेछन क्षणभरमै अक्षर मेरा तर हिउँको अर्को तहले, बचाइ पो राख्ला कि अस्तित्व मेरा अक्षरका जसै मेरो डायरीका पानाहरुमा मैले थुप्राएका अक्षरहरु, अर्को पानाले सुरक्षित छोपेको छ जस्लाइ, तिम्रो नाममा सम्बोधीत भएपनि म आफै पनि सायद कहिल्यै पल्टाउने छैन तैपनि लेखिरहे,मेटिदै गयो,पोखिदै गयो म रित्तिदै गएँ तेतिन्जेलसम्म मैले बुझिसकेको थिए, म सबैभन्दा इमानदार भएर तब लेख्न सक्छु जब मलाई था हुन्छ त्यो कसैले पढ्ने छैन तेतिबेला जरुरी पर्दैन मलाइ कुनै पर्दाको न त लोभ हुन्छ तिम्रो प्रशंशा वा अरुको तालीको ओइ, कैले तिमी ऐनामा आफुलाइ हेर्दै केही कुरा सम्झिदै आफै माथी खित्खिताएको छौ अह म मान्दिन त्यो अरुलाइ देखाउन सेल्फी क्यामेरा अघिको मुस्कान साँचो खुशीको हो भनी तिम्लाइ थाहा छ? म हिउँको ऐनामा आफैलाई हेर्दै शव्दचित्र कोर्दै निकै बेर मुस्काएको थिए र सम्झेको थिए तिम्रो सुदुर सम्झनामा ताजा रहेका वाक्यहरु जीवन नाटक हो र हामी अभिनयकर्मी विभिन्न भुमिका ...

मैले त यात्रा

Image
मैले त यात्रा बिचबाटै सुरु गरेको थिए त्यहीं बाट जहाँ वर्षौं अघि एक्लै म तिमीलाई थाहै नदिई पुगेको थिए र तिम्रो नाममा केही थान राता गुलाफ हरु फूलाएको थिएँ तेती खेर को परिस्थिती र समयको बन्धनहरुले म त्यो यात्रा त्यही छोडी आफ्नो बाटो लागेको थिएँ अाज समयले घुमाउँदै फर्काउँदै त्यही मोडमा पुर्यायो जहाँ कल्पनामा म तिमीसँग पुगेको थिएँ मलाई लाग्यो समय सही यही हो, आखिर फेरि भेट्नु नै रैछ त पहिले बाटो छुटेको रहेछ मैले भने आऊ समाउ हात सजाउँ हृदय मा तिम्रो वर्षौं देखी मैले तिम्रो नाममा मलजल गरी फुलाएका गुलाफहरु आऊ केही माइल सँगै हिडौँ आखिर पुग्नु त टाढा छ दै छ एक हात तिमी देऊ,दुई हात म दिनेछु एक कदम तिमी नजिक आउ दुई कदम म बढाउनेछु तिमी एकछिन अल्मालियौ अचानक त्यो सप सुनेर अत्तालियौ पो कि सायद मेसो पाएनौं के गर्ने के भन्ने र केही पल मौन रहेर नै मुस्कुरायौ म चाई खुशी ले अत्तालिए मेरा सपना सय बाट हजार भए तिमी नबोल्दा नै, म सँगै तिमी भएको कल्पना गर्ने म तिमी मुस्काउँदै बोल्न थालेपछि, तिमी आफ्नै भएको ठान्न थालेँ भावनाहरू मेरा बर्खा यामका दुबो झै फैलिंदै गए तर सायद तिमीलाई लाग्यो कि समय सही छैन सायद तिमी...

सम्झनलायक कुराहरू

सम्झनलायक कुराहरू धेरै छन, बिर्सनै मन लाग्ने कुराहरु पनि त छन बिराएका बाटामा छुटेका पैतलाका डोबहरु आफुले आफैंसंग पूरा गर्न नसकिएका बाचाहरु गल्लीमासुरु भै मूलबाटो नपुग्दै सकिएका सम्बन्धहरु आफ्नो तौल आफै धान्न नसकी,कल्पनामै टुटेका सपनाहरु तर बाचा कस्ले कहिले गरेको थियो र ए!तिम्लाइ, कि बसन्त बर्षको पाँच पल्टै आउनेछ, र बाटोमा कहिल्यै काँडाहरु बिझ्ने छैनन! बिगत,एक प्रकाशित भएसकेको पुस्तक जस्तो हो पाना पल्टाउन मिल्छ तर कथा मोड्न मिल्दैन इकाइ जोड्न मिल्छ तर घटाउन मिल्दैन परम सत्य यो पनि त हो लुट्दै छ समयले सब्थोक सुस्त सुस्त जे जो अहिले छ त्यो जहिल्यै हुनेछैन र हामी शुन्यको वरिपरि भाग्दा भाग्दै एकदिन शुन्यमै बिलाउने छौ, जसरी एउटा रामबहादुर Nenderthal लाखौं बर्ष पहिले इतिहासका पानामा फगत धमिला पाइला छोडेर बिलाएको थियो। #KolkataDiaries

पहिलेको आफू सम्झेर

पहिलेको आफू सम्झेर,अहिलेको आफू आफै माथी हास्न सक्दैन भने सम्झेर अपरिपक्क क्रियाकलाप बच्चा सम्बन्धहरु,कच्चा निर्णयहरु के फरक एँ, त्यो जड र तिमी मानिसमा! जो कहिले दिल खोली हास्न सक्दैन न त सक्छ मुटु चुडिने साइनो हरु गास्न। नुनिलो पानीको बर्साद पछि खुलेको आकाशमा, कल्पनाको जहाजमा,आशाको प्वाँख लगाइ उड्नु,झर्नु र फेरी जुर्मुराउनुको मज्जा के था? निर्जीव जडलाइ र आत्मा मारीसकेका फगत सास फेर्ने मनुवाहरुलाइ।
||के तिमी मेरो लागी ऐना बनिदिन सक्छौ?|| जीन्दगी भरीको लागी साथ र जीवनका खडेरीहरुमा राहत अरे, वाउ,क्या बात! You are all mine,I am all yours Times may change,But I will be there for you ज्यादा भयो कि, Emotional diarrhoea नै होला जस्तो पो भयो त! यी त सुन्दै आएका कुरा,अनी कैले बहकिएर भन्न्ने पनि गरेका कुरा, सार एउटै शास्त्रहरु फरक जस्तो dialogue एउटै पात्रहरु फरक जस्तो मलाई कहिले काहीं आफ्नै मनको कुरा त पत्याउन गार्हो पर्छ साथी आफ्नै मगजका दायाँबायाँ भागले त एकअर्कालाइ सधै साथ नदेलान भन्ने डर छ साथी! अब के पत्याइहाल्नु र तिम्रो कुरा,कि पत्याएजस्तो मात्र गर्दिनु! अनि के तिमीलाई मेरो कुरा थाहा छ? भन्छु है म भित्र एउटा बन्द कोठा छ, अध्यारो छ,कारण मैले बत्ति निभाएको छु जताततै टालेको छु, एक रत्ती पनि प्रकाश छिर्न दिएको छैन कारण,मलाई सम्पुर्ण उज्यालाहरु प्रती घृणा थियो, जस्ले मेरा,म भित्रका अध्यारा कुराहरु देखाउछन जस्लाइ म बन्द कोठाकै कैद गरेर राख्न चाह्न्थे अरुले नदेखे त भैगो भन्ने आत्मरतीमा रमाउँथे तर, अब म थाकेको छु,निसास्सीएको छु, अब म तालजस्तो गुम्सिएर होइन,नदी जस्तो बनी बहेर जिउन चाह्न...